स्वास्थमन्त्री गगन थापाले गरे अनसनरत डा. केसी सँग भेट,के भने भेटमा -
काठमाडौं, १४ असोज । पाँच दिन देखि अनसन बसिरहेका डा.गोविन्द केसीसँग उनकै अनसनस्थल टिचिङ अस्पताल पुगेर स्वास्थमन्त्री गगन थापाले शुक्रबार साँझ भेट गरेका छन् ।
भेटमा मन्त्री थापाले डा.केसीले राखेका मागहरु पुरा गर्नेतर्फ सरकारले चालेको कदमहरुबारे जानकारी दिँदै माग पुरा गर्नेतर्फ प्रगति भइरहेको बताए ।
डा. केसी अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने लगायतका विभिन्न माग राख्दै पाँच दिन देखि आफ्नो नवौं पटकको अनसनमा बसेका छन् ।
- See more at: http://www.dainiknepal.com/2016/09/187493.html#sthash.TlnzWGKU.dpuf

