रामकृष्ण उपाध्याय -
"न खुसि , न दुखि , न उत्साहको सम्मेलन"
धर्म परिवर्तनले आक्रान्त र आक्रोशित बनेका नेपाली समुदाय बीच त्यसमा पनि सनातनीय पद्धतिमा बिश्वास गर्ने दुइ ओटा समुहले यहि कार्तिक ४,५ र ६ गते अन्तर्राष्ट्रीय सम्मेलन गर्दैछ ।
१. विश्व हिन्दू महा संघ
२. आर्य समाज नेपाल
यसरी सम्मेलन हुनु सकारात्मक पक्ष देखिएता पनि यसको भित्रि पक्ष गुटबन्दीमा सीमित रहेको बुझिएको छ ।
सम्पूर्ण हिन्दूहरुको प्रतिनिधित्व गर्ने विश्व हिन्दू महासंघले नै अन्तर्राष्ट्रीय सम्मेलन गर्दैछ भने त्यसमा आर्य समाज किन न अटाएको हो ?
यसो हुनुमा कि त हामि सक्कली वैदिक हौ भनेर प्रचार गर्ने आर्य समाजले आफ्नै गुटको मात्र अन्तर्राष्ट्रीय सम्मेलन भनेर स्पस्ट पार्नु पर्छ ।
कि भने आर्य समाजलाइ विश्व हिन्दू महासंघले वास्ता नगरेको या विश्व हिन्दू महासंघलाई वास्ता नगरेको भन्ने बुझिन्छ । यी मध्ये अन्य केहि कारण भए शायद मलाइ थाहा नभएको पनि हुन सक्छ ।
तर पनि प्रश्न अझै यथावत छ कि आखिर हिन्दू सम्मेलन एकै दिन, एकै क्षेत्रमा अलग अलग किन ? र कसको लागि ?
यसको दोश्रो पक्ष विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रीय समितिको छ । जो संग धर्मप्रेमी जनताले धेरै आशा गरेका थिए हिन्दू राष्ट्रको लागि आन्दोलन गरोस भनेर ... तर महासंघले गर्न सकेन ।
बरु बिभिन्न संघ संस्थाले सामुहिक र व्यक्तिगतरुपमा देशका बिभिन्न भागमा धर्म परिवर्तन बिरुद्ध र हिन्दुराष्ट्रको लागि आन्दोलन गरे , त्यसको नेतृत्व विश्व हिन्दू महासंघले न लियो , न लिने नै प्रयाश गर्यो । मुक दर्शक बनेर आत्मरतिमा रमाउनु सिवाय केहि गरेको देखिएन ।
हाल जुन सम्मेलन गर्दैछ त्यो कार्य नै अबैधानिक समितिले गर्दैछ भन्ने गुनासो विश्व हिन्दू महासंघकै सदस्यहरु गुनासो गर्दैछन । कारण विश्व हिन्दू महासंघले ९ वर्ष बित्दा समेत अधिवेशन बोलाएको छैन र बोलाउनु पर्ने औचित्य नै ठानेन ।
अझै आश्चर्यको कुरा त यो सम्मेलनमा विश्वका बिभिन्न राष्ट्रका प्रतिनिधिलाई बोलाउने भनेर भनिएता पनि आफ्नै देश र त्यसमा पनि काठमाडौँ कै बिभिन्न धार्मिक संस्थालाई बोलाएर सर-सल्लाह लिनु र सहभागिता गराउनु पर्ने औचित्य नै ठानेको जस्तो लागेन ।
यसैको बिरुद्धमा सनातन हिन्दू मोर्चाले कार्तिक १ गते १ बजे विश्व हिन्दू महासंघको कार्यालय वांसवारी काठमान्डौमा बिरोधको कार्यक्रम राखेको छ ।
जब आफ्नै क्षेत्रका धार्मिक संस्थालाई त समेट्न नसक्ने विश्व हिन्दू महासंघले सम्पूर्ण विश्वका धार्मिक प्रतिनिधि बोलाएर सबैलाई समेटेर हिन्दू राष्ट्रको लागि भूमिका गर्छ भन्नु हास्यास्पद नै देखिन्छ ।
आर्य समाज र विश्व हिन्दू महासंघले सम्मेलनको तिथि नजिकिदै गर्दा हाल सम्म पनि नेपालका अन्य धार्मिक संस्थालाई आमन्त्रणा गरेर सरसल्लाह लिनु दुबैले उचित ठानेन भन्ने कुरा धेरैको छ । अब धार्मिक संस्थालाई बोलाउनु भनेको केवल औपचारिकता मात्र हुनेछ ।
यी दुवै संस्था यद्यपी धार्मिक भनिएता पनि कार्यक्रमको उद्घाटन परोपकारी, धर्मशास्त्र वेत्ता, सदाचारी, राष्ट्रभक्त , समदर्शी महापुरुष , विशिष्ट विद्वान बाट गराउनु भन्दा पनि मिडियामा हाम्रो संस्थाको नाम चर्चा कसरी चलाउन सकिन्छ भन्ने कुरामा नै हाल सम्म जोर दिएको देखिन्छ ।
हिजो सम्म राजाको बिषयलाई बोल्न पनि गारो मान्ने विश्व हिन्दू महासंघ आज जनता राजनैतिक खिचातानीले "राजा आउ देश बचाउ" अनुत्पादक ६०१ समुहलाई पाल्नु भन्दा एउटा पाल्नु बेश " भनेर कराउन थालेको देखेपछी विश्व हिन्दू महासंघले राजालाई बोलाएर उद्घाटन गराउने मनसाय लिएको छ भने आर्य समाजले राजनैतिक चर्चित व्यक्तित्व बाट नै उद्घाटन गराउने हो कि भन्ने बुझिएको छ ।
किनकि केहि दिन अघि सम्मेलनको बिषयलाई लिएर नेपाली कांग्रेसका नेता शेर बहादुर देउवा संग सल्लाह भएको समाचार पढ्न पाइएको थियो ।
हुन् सक्छ अन्य नेतालाई नै बोलाउलान् या अन्य कुनै व्यक्ति बाट गराउलान् ,तर हाल सम्म यहि नै जानकारीमा आएको छ ।
देश बाट हिन्दूत्व गुम्नुमा राजा र नेता यी दुवै अभिभावकको हिसाबले दोषी छन् ।
यो बिषयमा मैले धेरै भन्नु नपर्ला ..... कुन बढी दोषी या कम भन्ने कुरा जनताले नै मुल्यांकन गर्नेछन् ।
अहिले यो सम्मेलन अन्तर्राष्ट्रीय भनिएतापनि सबैलाई समेट्न त परै जाओस वास्ता समेत नगरेको जनगुनासो बढ्दै गएको कुरालाइ प्राथमिकतामा राखेर बिभिन्न संचारमाध्यममा बाट सम्मेलन प्रति प्रश्न चिन्ह खडा गर्दै आएको देखिन आएको छ ।
समग्रमा हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै यी सम्मेलन एक आपसमा नै सम्मिलित नभएकोले वास्तविक सम्मेलन होला जस्तो मलाइ लाग्दैन ।
आशा गरौ कि सम्मेलनले केहि नया दिन सकोस ... अन्यथा दुवै संस्थाका व्यक्तिहरुको आफ्नै मुख चिलाइ मेटाउने माध्यम मात्रै नबनोस् ।
सम्मेलनको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ... ।
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
.
काठमाण्डौमा दुई धार्मिक सम्मेलन ! 'अन्तराष्ट्रिय द्वन्द कि ? अन्तराष्ट्रिय सम्मेलन...?'
Powered by Blogger.
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
/

