सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश

.

.
अचम को देस जुन देस मा नर्कजस्तो छ महिलालाई साउदी किन त ?(यसको बस्ताबीकता जानुहोस )


एजेन्सी : मुस्लिम देश साउदी अरब महिलाहरुको लागि नर्कबराबर मानिन्छ । तर, यसपटक महिलाहरुका लागि एउटा खुशीको कुरा छ कि उनीहरुले इतिहासमै पहिलोचोटी भोट हाल्न पाउँदैछन् । पहिलोपटक महिलाको नाम भोटर लिस्टमा राखिएको छ ।


यद्यपि अरु सबै नियम कानूनहरु पुरानै छन् जहाँ महिलालाई मानिसभन्दा तलकोव्यवहार गरिन्छ । यहाँ यस्तैकेहि कानूनी व्यवस्थाको बारेमा चर्चा गरिन्छ :

एक्लै यात्रा गर्न रोक

४० वर्ष उमेर कटिसकेकी फतिमा रियादमा बस्छिन् । यदि उनले प्लेन चढ्नुपर्यो भने आफ्नो छोराले दिएको लिखित अनुमति चाहिन्छ । यहाँ प्रत्यक महिलाको एक पुरुष अभिभावक हुनै पर्छ । चाहे श्रीमान, बाबु, छोरा वा अंल नै किन नहोस । कुनै पनि साउदी महिलले पढाई, यात्रा, बिहेदेखि डाक्टरी जाँच सम्मका लागि घरको पुरुष सदस्यको अनुमति अनिवार्य लिनुपर्छ । कुनै पुरुष अभिभावकबिना उनले मुद्दासमेत दायर गर्न पाउदिनन् ।

बालबिहेलाई प्रोत्साहन

साउदीअरबमा सानो उमेरका केटीहरुलाई बेचेर ७०, ८० वर्षका बुढाहरुसित गराइदिने चलन हुन्छ । रियादस्थित एक प्रख्यात प्राध्यापक सेख अब्दुल अजिज अल शेख केटीहरु १० देखि १२ वर्षमा विहेका लागि तयार हुने दावी गर्छन् । उनको भनाईमा २० वर्ष काटेपछि बिहे गर्ने केटीहरु मुर्ख हुन् ।

विदेशमा पढ्न वन्धन

साउदीमा कुनै छात्राले सरकारी छात्रवृत्तीमा विदेशमा पढ्न जानका लागि एक पुरुष अभिभावक नभई हुँदैन । आमा भइसकेकाहरु यसरी विदेश जानै पाउँदैनन् । साउदीको शिक्षा प्रणाली लैंगिक भेदभावमा आधारित छ । छात्रको तुलनामा छात्राललाई अधिकार नगण्य छन् । यहाँ केटीहरुलाई यसकारण मात्र पढाईन्छ तकि उनीहरुले परम्परागत रुपमा आफ्नो जिम्मेवारी निभाउन सकुन् ।

बलत्कारको कानून हास्यास्पद


बलत्कारकोकानून साउदीमा एकदमै हास्यास्पद छ । कानून कडा नभएकै कारण बलत्कारको दर यहाँ एकदमै उच्च छ । कुनै पनि बलत्कारलाई तबसम्म अदालतले स्वकार गर्दैन जबसम्म चार जना प्रत्यक्षदर्शीले बयान दिँदैनन्। श्रीमतीमाथी श्रीमानले गर्ने जबरजस्ति यौनसम्वन्धलाई त यहाँ बिलकुल जायज मानिन्छ ।

विदेशी महिला कामदारका लागि यहाँ कुनै गतिलो कानून छैन । त्यसैले उनीहरुमाथि चर्को ज्यादति हुन्छ । यसकोअलावा बलत्कारसम्वन्धि समाचार सम्प्रेषण गर्न पनि यहाँ मनाही छ । पुरुषले परस्त्रीसित सम्वन्ध राख्दा उसलाई कुनै सजाय हुँदैन । जबकी स्त्रीले परपुरुषसित सम्वन्ध राखेमा कठोर सजायको भागिदार हुनुपर्छ ।

शिक्षा छ, जागिर छैन

महिला शिक्षामा साउदी सरकारले प्रशस्त रकम खर्च गर्छ, तर उनीहरुलाई रोजगारीको कुनै व्यवस्था छैन । यहाँ ५७ प्रतिशत महिलाको हातमा यूनिभर्सिटीको डिग्री छ । तर ग्राजुयट गरेका ७८ प्रतिशत तथा पिएचडी गरेका ६० प्रतिशत महिला बेरोजगार छन् । पुरुषको तुलनामा साउदी महिला धेरै पढेलेखेका छन् ।

कार चलाउन रोक

साउदीमा महिलालेकार चलाउन पाउदैनन् । सन् २००८ मा वाजेहा अल हुवैदरको नाम संसारमै चर्चित भएको थियो । उनी सायदीको पहिलो महिला थिइन् जसले अन्तर्राष्टिय महिला दिवसका दिन आफूले कार चलाएको फोटो युट्युमा पोष्ट गरिदिइन् । उनको साहसिक कदम पछि अलिकति परिवर्तन भने आएको छ ।

अहिले महिलालाईनीजि डाइभर र पुरुष नातेदारको निगरानीमा कार चलाउने अनुमति दिइन्छ । एक्लैकार चलाउँदा कैयौ महिलाहरुले कोर्रा खानुपरेको छ । अघिल्लो वर्षको अप्रिलमा मात्र महिलालाई मोटरसाइकल र साइकल चलाउन छुट दिइएको थियो ।

खेलकुद र जिममा पनि प्रतिवन्ध

लन्डन ओलम्पिकमा अन्तर्राष्टिय ओलम्पिक समितिको दवावका कारण साउदीले दुई महिला खेलाडी पठाएको थियो । तर महिला एथलेटिक्सको प्रशारण साउदी टेलिभिजनमा रोकियो । साउदी महिलाहरुलाई खेल्ने र जिम गर्ने अनुमति छैन । महिला एथलेटिक्स खेलाडीले आफलाई कुनै पनि क्लवमा दर्ता गराउन सक्दिनन् । राष्टिय प्रतियोगितामा पनि महिलाहरुलाई समवेश गराइदैन ।


Powered by Blogger.

सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश

/

/