सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश

.

.
हिलारीले ट्रम्पलाई दोस्रोपटक पनि हराइन्, ट्रम्पले जिते हिलारीलाई झ्यालखाना लाने ?

वाशिंगटन डीसी, २६ असोज । अमेरिकाको राष्ट्रपतिको निर्वाचनको लागि गत अक्टोबर ९ तारिखमा भएको बहसमा डेमोक्रेटिक दल कि प्रथम महिला उम्मेदवार हिलारी क्लिन्टनले मत सर्बेक्षणमा ट्रंपलाई पुन हराएकी छिन् ।

डोनाल्ड ट्रंपको अश्लिल भिडियो सार्वजनिक भएपछि हिलारीले महिला प्रतिको ट्रंपको हेर्ने दृष्टिकोणको कारण बहसमा हात मिलाईनन । अमेरिकाको राष्ट्रपतिको बाद विवाद प्रतियोगितामा यस्तो सम्भवत पहिलो घटना हुन् पुगेको छ ।

अमेरिकाको ईतिहासमा एउटा राष्ट्रपतिको उम्मेदवारले अर्को उम्मेदवारलाई खुलेआम चुनाब नै नजिती आफुले जिते झ्यालखान लाने तुच्छ अभिव्यक्तिले अमेरिका प्रजातन्त्रको जननी राष्ट्र हो कि हैन भनि दुबिधा बनाई दिएको छ । प्रजातन्त्रको खिल्ली उढाई दिएको छ । बुद्धिजीवीले यस कुरालाई गम्भीरता पुर्वक लिदै तानाशाही प्रवृति डोनाल्ड ट्रंप मा झल्केको महसुस गर्न थालेका छन् ।

शासन व्यक्तिले हैन बिधिले चल्ने मुलुकमा निरंकुश तथा शैनिक शासन भएका राष्ट्रहरुले आफ्ना प्रतिद्वन्दीहरुलाई सखाप पार्ने नीति जस्तै आफुले चुनाब जिते बिशेष आयोग गरि गाडेको मुर्दा बिउझाउने बताए ।

एक सर्वेक्षण अनुसार हिजो भएको बादबिबादलाई विश्लेषकहरुले ऐतिहासिक घृणित भएको दाबी गरेका छन् । बिश्व प्रसिद्ध संचार माध्यम सीएनएन लगायत थुप्रै संचार माध्यमले गरेको मत सर्वेक्षणमा हिलारीको पक्षमा मतदान गरेको देखाएका छन् ।

जस अनुसार हिलारीको पक्षमा ५७ प्रतिसत मत खसेको छ भने उनको प्रतिद्वन्दी रिपब्लिकनका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रंप ३४ प्रतिसत मत मात्र पाएका छन । पहिलो बहसमा पनि हिलारी क्लिन्टन पूर्ण तयारी साथ आएकीले बादबिबादमा हराएकी थिइन् । दोश्रो बहसमा क्लिन्टनले पहिलोको जस्तो प्रस्तुति गर्न नसकेको दर्शकले जनाएता पनि हिलारीले जितेकी मतदानले देखाएको छ ।

भिडियो प्रकरण बाट मत्थर भएका ट्रम्प प्रारम्भिक बहसमा सिथिल जस्तो प्रस्तुति गरेता पनि केही समय पछि उनले आफ्नो प्रस्तुतिलाई आक्रमण शैलीमा ढालेका थिए भने यस पटकको बहसको स्वरुप अघिल्लो बादबिबाद भन्दा फरक रहेको थियो । डोनाल्ड ट्रंपले धेरै बर्ष सम्म संघीय कर नतिरेको स्वीकार गरे ।

यस पटक बिशेष दर्शक तथा लाखौ बिधुतिय माध्यम बाट पठाईएका प्रश्नलाई छनौट गरि प्रश्न राखिएको थियो । करिब डेढ घण्टाको उक्त बहस अगाडी ट्रंपले बिल क्लिन्टनले यौन दुर्व्यवहार गरिएका भनि केहि महिलालाइ ल्याई पत्रकार भेटघाट गराई सीमा नाघेको विश्लेषकले धारणा राखेका छन् । अमेरिकाको ईतिहासमा यसरि र यस्तो प्रकारको तुच्छ ब्यबहार कहिले नभएको संचार माध्यमले प्रस्ट्याएका थिए ।

बहस कसले बाजी मार्यो भन्ने सन्दर्भमा औसतमा ६३ प्रतिसतले रिपब्लिकनका उम्मेदवारले उनीहरुको अपेक्षा लाई मात गरेको भनेका छन् भने २१ प्रतिशतले उनीहरुको आशालाई तुषारापात ट्रंपले बनाएको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षण अनुसार डोनाल्ड ट्रंपले आशालाई पार गरेको भएता पनि हिलारी क्लिन्टनले दोश्रो बहस पनि जितेको बहस हेरी रहका दर्शकको मतदानले देखाएको छ ।

भिडियो प्रकरणबाट डोनाल्ड ट्रंपलाई पहिलो प्रश्न सीएनएनका एनडरर्सन कुपरले सोधेका थिए भने जवाफमा आफुले हैन भनेका थिए । पटक पटक ट्रंपले हिलारीलाई आरोप र प्रत्यारोप लगाउदै भिषण आक्रमण गर्ने प्रयास गरे । हिलारी क्लिन्टनले ट्रंपको सवालको जवाफ राम्रो दिन नसकेको सर्वेक्षणले देखाएता पनि उनि तयार साथ आएकी संचार माध्यमले जनाएको छ ।hilary-and-trump

रिपब्लिकन दलका घगडान दुई दर्जन भन्दा ज्यादा हस्तीहरुले डोनाल्ड ट्रंपलाई दिएको समर्थन फिर्ता लिएका छन् भने ट्रंप पकड रहेका अधिकांस राज्यहरुमा हिलारी क्लिन्टन अगाडी आई सकेको तथांकले जनाएको छ ।

सर्वेक्षण अनुसार क्लिन्टनको पक्षमा पुरुष हरुले ४९ प्रतिसत तथा महिलाहरुले ६४ प्रतिसत हिलारीले जितेकी भनि मतदान गरेका छन् भने ट्रंप लाई पुरुषहरुले ३८ प्रतिसत र महिलाले ३० प्रतिसत जिते भनि मतदान गरेका छन् ।

बहसमा डोनाल्ड ट्रंपका उप राष्ट्रपतिका उम्मेदवारले विदेश नीतिमा राखेका विचारलाई समेतलाई ठाडो अस्विकार गरी दिएका छन् । डोनाल्ड ट्रंपले अर्को महिनासम्म हिलारीको जीवनलाई तहस नहस बनाउने विचार पोखेको सीएनएले जनाएको छ ।

उनले अमेरिका जस्तो देशमा उम्मेदवारलाई कारगार लाने भन्ने अभिव्यक्तिले सबैलाई आश्चर्यचकित बनाई दिएको छ । नोवेम्बर ८ तारिख पछि राष्ट्रपति को बन्ने भन्ने अब अमेरिकन नागरिकहरुको हातमा रहेको छ ।

Powered by Blogger.

सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश

/

/